‘ए’ डिभिजन लिग रोकिएपछि एन्फा मुख्यालयमा प्रदर्शन

‘ए’ डिभिजन लिग रोकिएपछि एन्फा मुख्यालयमा प्रदर्शन

काठमाडौं :  अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग यो वर्ष नगर्ने निर्णय गरेपछि खेलाडीहरू आन्दोलित भएका छन्।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडी तथा समर्थकहरूले आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रदर्शन गरेका हुन्।

‘खेल्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो’ भन्दै खेलाडीहरूले प्रदर्शन गरेका हुन्।

लिग स्थगित नगर्न पटक-पटक गरेको आग्रहलाई एन्फाले बेवास्ता गरेकाले सडकमा उत्रिनु परेको उनीहरूको भनाइ छ।

खेलाडीहरूको प्रदर्शन सुरु भएसँगै एन्फा मुख्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्यालयको गेट बन्द गरिएको छ।

एन्फाले यो वर्ष पुसमा राष्ट्रिय लिग गर्ने र ‘ए’ डिभिजन लिग अर्को वर्षको पुसमा मात्र सुरु गर्ने निर्णय गरेपछि खेलाडी र क्लबहरू असन्तुष्ट छन्।

कात्तिक २०, २०८२ बिहीबार १२:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।