चीनले बनायो विश्वकै ठूलो नवीकरणीय ऊर्जा प्रणाली, कार्बन उत्सर्जन घटाउने लक्ष्यमा ठूलो फड्को
एजेन्सी : चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजना (२०२१-२०२५) को अवधिमा विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणालीको विकास गरेको छ।
यो उपलब्धिले सन् २०६० सम्ममा ‘कार्बन न्यूट्रल’ बन्ने चीनको महत्त्वाकांक्षी लक्ष्यलाई साकार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ।
चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्चतम बिन्दुमा पुर्याएर घटाउने र सन् २०६० भित्र कार्बन निष्पक्षता हासिल गर्ने घोषणा गरेको थियो। सोही लक्ष्य पूरा गर्न चीनले ठूला परियोजनाहरूलाई तीव्रता दिएको छ।
परियोजना अन्तर्गत चीनको याङ्त्से नदीमा ६ वटा विशाल जलविद्युत् आयोजनाहरू सम्पन्न भएका छन् भने देशको पश्चिमी तथा दक्षिण-पश्चिमी भागमा सातवटा ठूला स्वच्छ ऊर्जा परियोजनाहरू सञ्चालनमा ल्याइएको छ।
त्यसैगरी पश्चिममा उत्पादित ऊर्जालाई घना जनसंख्या भएको पूर्वी तटीय क्षेत्रसम्म पुर्याउन ‘अल्ट्रा-हाई भोल्टेज’ प्रसारण लाइन निर्माण गरिएको छ।
यस्तै, गुरुत्वाकर्षण र वायु ऊर्जामा आधारित अत्याधुनिक भण्डारण प्रविधिको प्रयोग गरी नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोग सुनिश्चित गरिएको छ।
आगामी १५औं पञ्चवर्षीय योजनामा पनि चीनले वातावरणीय संरक्षण र आर्थिक आधुनिकीकरणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई निरन्तरता दिने जनाइसकेको छ।
कात्तिक २०, २०८२ बिहीबार ११:२४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।