सुनको मूल्य बढ्यो, चाँदीले पनि ३ हजार नाघ्यो
काठमाडौं : बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ३ हजार १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य २ हजार ९९० रुपैयाँ थियो।
कात्तिक २०, २०८२ बिहीबार १०:५२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।