दोहा शिखर सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै
काठमाडौं : कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न स्वदेश फिर्ता हुने भएका छन्।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले गत मंगलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए।
साथै उनले ‘गरिबी निवारण, मर्यादित काम र सामाजिक समावेशीकरण’ जस्ता विषयमा केन्द्रित एक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।
कात्तिक २०, २०८२ बिहीबार ०७:५५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।