अधिकांश स्थानमा मौसम सफा, पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा मौसम सफा, पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यद्यपि, देशको पश्चिमी भू-भागमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।

आज राति पनि पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

कात्तिक २०, २०८२ बिहीबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।