अभिनेत्री वर्षाको पाखुरामा धारिलो हतियारले काटेको चोटको दाग नयाँ कि पुरानै?
काठमाडौँ : फिल्म हर्षको ट्रेलर रिलिजमा अभिनेत्री वर्षाको उपस्थिति दुई कोणबाट महत्त्वपूर्ण थियो, पहिलो उनको ड्रेसअप। प्राय सार्वजनिक कार्यक्रममा उनी जुन रूपमा प्रस्तुत हुन्थिन् त्यो भन्दा भिन्न थियो उनको ड्रेसअप।
दोस्रो कारण, केही समय अगाडि वर्षा र उनको श्रीमानबीचको सम्बन्धमा आएको उतारचढाव इन्ट्राग्राममै सार्वजनिक भयो। त्यसमा उनको श्रीमानमाथि उनले सम्बन्धमा चिट गरेको गम्भीर आरोप लागेको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन्।
मंगलबार उनी कालो खुकुलो ड्रेससहित फिल्म “हर्ष” को ट्रेलर रिलिज कार्यक्रममा आइन्। उनीसँग केही फिल्मबारे त केही निजी जीवनबारे पनि प्रश्न सोधियो। फिल्मबारे उनी खुलिन् तर व्यक्तिगत जीवनबारे उनी त्यति खुलिनन्।
उनले अहिले आफूहरूले एक अर्कालाई पर्सनल स्पेस दिइरहेकोसम्म बताएर पारिवारिक जीवन सहज नभएको सङ्केतसम्म गरिन्।
प्राय सार्वजनिक कार्यक्रम होस् वा सामाजिक सञ्जाल होस् उनी पाखुराहीन पहिरन त्यति लगाउँदिनन्। मङ्गलवार भने उनले यस्तै कपडा चयन गरेकी थिइन्। कपडाबारे त टीकाटिप्पणी भएन तर पाखुरामा देखिएको दागले भने निकै शङ्का बढायो। ती दाग कुनै धारिलो वस्तुले काटेपछि लागेका गहिरो खत जस्ता थिए। एकातिर मात्र हैन दुबैतिर।
पारिवारिक घटपट बाहिरिनु, उनी लामो समय सार्वजनिक नहुनु अनि जब सार्वजनिक भइन् पाखुराभरि खत देखिँदा अनेक शङ्का भए, टिप्पणी भए। अनि बुधवार उनी आफैले त्यो खतबारेको शङ्का हटाउन १५-२० वर्ष अगाडिकै खत भएको र आफ्नो पुराना तस्बिरमा पनि देखिने दाबी गरिन्।
उनले लेखिन् "आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन्। मेरा १०–१५ वर्षअघिका तस्बिरहरू अझै पनि मेरो प्रोफाइलमै छन् , त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ।"
हो त? उकेराले उनकै फेसबुकमा भएका तस्बिर केलायो। त्यसमा पाखुरा देखिने तस्बिर एकदम कम थिए। जतिमा पाखुरा देखिएका थिए त्यसमध्ये केही मोडलिङकोमा पाखुरामा कुनै चोट देखिएन। तर सामान्य रूपमा खिचिएका तस्बिरमा भने चोट देखिए। उनले ठिक भनेकी रहिछन् ती चोट ताजा हैनन्, विवाह अगाडिकै हुन्।
चोट पुरानै हो भन्नेमा शङ्का रहेन। तर पुन नयाँ प्रश्न त फेरि आउँछ नै त्यो पुरानो चोट हो चैँ के को?
कात्तिक २०, २०८२ बिहीबार ०२:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।