विश्वकप लिग-२: यूएईविरुद्ध नेपालको संघर्षपूर्ण ब्याटिङ, आरिफ र कुशल क्रिजमा
काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध संघर्षपूर्ण ब्याटिङ गरिरहेको छ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा ४१.३ ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको छ।
नेपालको इनिङ्स सम्हाल्ने प्रयासमा अहिले क्रिजमा आरिफ शेख २९ रन र कुशल मल्ल १४ रन बनाएर खेलिरहेका छन्। यी दुईबीच छैटौं विकेटका लागि ३३ रनको अविजित साझेदारी भएको छ।
यसअघि नेपालको सुरुवात मध्यम रहे पनि भीम सार्की र आसिफ शेखले दोस्रो विकेटका लागि ७४ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई स्थायित्व दिएका थिए।
तर, मध्यक्रममा लगातार विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो। दीपेन्द्र सिंह ऐरीले ३७ रनको महत्वपूर्ण योगदान दिए पनि उनी पाँचौँ विकेटका रूपमा १४३ रनको कुल स्कोरमा पेभेलियन फर्किएका थिए।
यूएईका बलरहरूले कसिलो बलिङ गर्दै नेपालको रन गतिलाई नियन्त्रणमा राखेका छन्। जुनैद सिद्दिकीले किफायती बलिङ गरेका छन् भने हैदर अलीले पनि रन रोक्न सफल भएका छन्।
नेपाल अन्तिम ओभरहरूमा तीव्र गतिमा रन बटुल्दै यूएईसामु एक सम्मानजनक र प्रतिस्पर्धात्मक स्कोर खडा गर्ने लक्ष्यमा हुनेछ।
कात्तिक १९, २०८२ बुधबार १४:२४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।