विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालको कमजोर सुरुवात, ओपनर कुशल भुर्तेल सस्तैमा आउट

विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालको कमजोर सुरुवात, ओपनर कुशल भुर्तेल सस्तैमा आउट

एजेन्सी : आईसीसी विश्वकप लिग-२ अन्तर्गतको आफ्नो ९०औं खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध कमजोर सुरुवात गरेको छ।

दुबईस्थित आईसीसीए मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ओभरहरूमा रन बनाउन संघर्ष गर्दै महत्वपूर्ण विकेट गुमाएको हो।

यो समाचार तयार पार्दासम्म नेपालले ४ ओभरमा १ विकेटको क्षतिमा १४ रन बनाएको छ।

नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई सस्तैमा गुमायो। ९ बलमा २ रन बनाएर संघर्ष गरिरहेका कुशल, बलर जाहिद अलीको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए।

नेपालले पहिलो विकेट गुमाउँदा टिमको स्कोर मात्र ४ रन थियो। अहिले क्रिजमा अर्का ओपनर आसिफ शेख र भीम सार्की समान ५-५ रन बनाएर खेलिरहेका छन्।

यूएईका लागि बलर जाहिद अलीले एक विकेट लिएका छन् भने जुनैद सिद्दिकीले कसिलो बलिङ गर्दै नेपाली ब्याट्सम्यानलाई दबाबमा राखेका छन्। यूएईले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई उसका बलरहरूले सही साबित गरेका छन्।

कात्तिक १९, २०८२ बुधबार ११:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।