सुनको मूल्य तोलामा ११ सयले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा ११ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार पनि स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो।

यो गिरावटसँगै, आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला २ हजार ९९० रुपैयाँमा झरेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै कारण नेपाली बजारमा पनि मूल्य समायोजन भएको हो।

कात्तिक १९, २०८२ बुधबार ११:०३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।