सामसङ नेपालद्वारा ग्यालेक्सी एस२५ एफसी सार्वजनिक
काठमाडौं : सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन, ग्यालेक्सी एस२५ एफई, नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो फोन विशेष गरी युवा व्यवसायी र कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले एउटै डिभाइसमा उत्कृष्ट प्रदर्शन र रचनात्मकता खोजिरहेका हुन्छन्।
कम्पनीका अनुसार, ग्यालेक्सी एस२५ एफसीमा प्रिमियम एआई-सञ्चालित सुविधाहरू, शक्तिशाली प्रदर्शन र ग्यालेक्सी इकोसिस्टमसँग सहज एकीकरणको अनुभव पाइनेछ।
यसको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
प्रिमियम एआई अनुभव
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित, ग्यालेक्सी एस२५ एफसीले प्रयोगकर्तालाई आवाज, स्पर्श र दृष्यमार्फत सहज अन्तरक्रियाको अनुभव प्रदान गर्दछ।
यसमा रहेका जेमिनी लाइभ (वास्तविक-समय भर्चुअल सहायता), नाउ बार र नाउ ब्रिफ (व्यक्तिगत अपडेट) र सर्कल टु सर्च (स्क्रिनमा खोज) जस्ता सुविधाहरूले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र सरल बनाउँछन्।
फोनको सुरक्षाका लागि नक्स एन्हान्स्ड इन्क्रिप्सन प्रोटेक्सन पनि समावेश गरिएको छ।
एआई-संचालित क्यामेरा र रचनात्मकता
फोनमा भएको एआई-संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ मेगापिक्सेलको फ्रन्ट क्यामेराले प्रयोगकर्ताको रचनात्मकतालाई नयाँ उचाइमा पुर्याउँछ। सुपर HDR प्रविधिले फोटो र भिडियोमा जीवन्त रङहरू सुनिश्चित गर्छ।
यसका साथै, जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो सम्पादनलाई अत्यन्तै सजिलो बनाउँछन्। प्रयोगकर्ताले अनावश्यक वस्तु हटाउने, अडियो परिष्कृत गर्ने र स्लो-मोसन क्लिपहरू सिर्जना गर्ने जस्ता काम सहजै गर्न सक्छन्।
शक्तिशाली प्रदर्शन र डिजाइन
ग्यालेक्सी एस२५ एफसीमा ४,९०० एमएएच क्षमताको ब्याट्री छ, जसले ४५ वाटको फास्ट चार्जिङलाई समर्थन गर्छ।
फोनलाई तातो हुनबाट बचाउन ठूलो भेपर चेम्बर जडान गरिएको छ भने आर्मर एल्युमिनियम फ्रेमले यसलाई टिकाउ र बलियो बनाएको छ। फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्चको डायनामिक एमोलेड २एक्स डिस्प्ले रहेको छ, जसले उत्कृष्ट दृश्यानुभव प्रदान गर्छ।
कार्यक्रममा बोल्दै सामसङ नेपालका एमएक्स डाईरेक्टर, प्रणय रत्न स्थापितले भने, ‘हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप आविष्कारहरू सबैका लागि उपलब्ध गराउनु हो। ग्यालेक्सी एस२५ एफसीले यही दृष्टिकोणलाई स्पष्ट पार्छ, जहाँ उन्नत एआई क्षमताहरू, उत्कृष्ट क्यामेरा प्रदर्शन र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ।’
सजिलो किस्ताबन्दीको सुविधा
ग्राहकहरूको सुविधाका लागि सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत ग्यालेक्सी एस२५ एफसीलगायतका नयाँ सामसङ डिभाइसहरू ०% ब्याजदरमा सजिलो मासिक किस्तामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
कात्तिक १९, २०८२ बुधबार ०९:२८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।