पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका विभिन्न भागको मौसममा बदली आएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

आज राति देशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कात्तिक १९, २०८२ बुधबार ०७:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।