प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी काफ्लेलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी काफ्लेलाई

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिइएको छ।
 
उनलाई आज प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।
 
यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे थिए। प्रवक्ता काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।

कात्तिक १८, २०८२ मंगलबार २१:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।