सुनको मूल्यमा भारी गिरावट, तोलामा १४ सय रुपैयाँले सस्तियो
                    
                    
                    
                    काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो।
यो गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।
कात्तिक १८, २०८२ मंगलबार १०:५९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।