जेन-जी आन्दोलनमा मारिएका ७६ मध्ये ४५ शहिद

जेन-जी आन्दोलनमा मारिएका ७६ मध्ये ४५ शहिद

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये ४५ जनालाई शहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मारिएकामध्ये ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन-जी पुस्ताद्वारा भदौ २३-२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ’ उनले भने। 

कात्तिक १७, २०८२ सोमबार १८:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।