बुवाको हत्यामा संलग्न छोरा पक्राउ
विराटनगर : पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुबाको शरीरमा प्रहार गर्दा घटनास्थलमै युबराज राईको मृत्यु भएको थियो।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने हत्यामा संलग्न सन्देश राईमाथि आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कात्तिक १७, २०८२ सोमबार १२:४१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।