सोमबार सुनको मूल्य स्थिर
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक १७, २०८२ सोमबार ११:२३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।