युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन्।
फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन्।

उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए। अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो।

यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ। यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो।

यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ। अमेरिकासँग अहिले हजारौं तोमहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ। त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन।

कात्तिक १७, २०८२ सोमबार ०९:५३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।