माओवादीले सार्‍यो केन्द्रीय समिति बैठक, एकीकृत समाजवादीसँग एकता गरेर कात्तिक २० गते संयुक्त बैठक बस्ने

माओवादीले सार्‍यो केन्द्रीय समिति बैठक, एकीकृत समाजवादीसँग एकता गरेर कात्तिक २० गते संयुक्त बैठक बस्ने

काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ।

पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवलय बैठकले सोमबार बस्ने भनिएको बैठक २० गतेका लागि सारेको हो। शुक्रबार बसेको सचिवालय बैठकले सोमबारका लागि  बैठक तय गरेको थियो। 

माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको हो।

आजको बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

शुक्रबारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्रराय यादवको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको समाजवादी र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीसँग जतिसक्दो चाँडो एकता गर्ने निर्णय गरेको थियो।

कात्तिक १६, २०८२ आइतबार २०:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।