बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ
भक्तपुर : भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन्। बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन्।
फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। आज साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको उनले जानकारी दिए।
सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ।
कात्तिक १६, २०८२ आइतबार १८:२४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।