हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगको मान्यता
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अध्यक्षतामा प्रस्तावित श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेको छ।
आयोगले साम्पाङले दिएको निवेदन अनुसार दल दर्ता गरेर उनलाई प्रमाण पत्र दिएको छ। आयोगबाट दल दर्ताको मान्यता पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रूपान्तरणको एजेन्डा लिएर अघि बढ्ने बताए।
‘हाम्रो एजेन्डा आजसम्म यो देशमा जे काम भएन, त्यही काम गर्ने हो। उत्पादन, निर्माण र सामाजिक रूपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौँ।’
साम्पाङले श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुने दाबी गरे।
‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थेँ, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु।’
कात्तिक १६, २०८२ आइतबार १७:०५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।