जेन-जी आन्दोलनमा सेन्ट्रल जेलबाट भागेका तामाङ प्रहरी हतियार लुटपाटमा

जेन-जी आन्दोलनमा सेन्ट्रल जेलबाट भागेका तामाङ प्रहरी हतियार लुटपाटमा

काठमाडौं : जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियार लुट्न संलग्न रहेको खुलेको छ। फरार कैदी राजन तामाङ भनिने वाङसु खोज्नेक्रममा प्रहरीले उनको डेराबाट ग्यास गन र गोलीसमेत फेला पारेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काभ्रेको महाभार गाउँपालिका–१ का २२ वर्षीय राजन तामाङ भनिने वाङ्सुलाई पक्राउ गरेको थियो।

उनी गोकर्णेश्वरमा डेरामा रहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनको डेरामा तलासी लिँदा 'ग्यास गन' र तीन वटा गोली फेला परेको हो।

तामाङ ज्यान मार्ने उद्योगमा गएको साउनमा पुर्पक्षका लागि सुन्धारा कारागारमा राखिएको थियो ।

कात्तिक १६, २०८२ आइतबार १६:३२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।