२३ वर्षीय छोराले कुट्दा ५० वर्षका बाबुको मृत्यु, आमा गम्भीर घाइते
बुटवल : गुल्मीको मालिका गाउँपालिका ३ म्यालमा छोरोको कुटपिटबाट बुवाको मृत्यु भएको छ। २३ वर्षीय भोटबहादुर विकको कुटपिटबाट ५० वर्षीय धन बहादुर विकको मृत्यु भएको हो।
छोरा भोटबहादुरले बुवा धनबहादुरलाई हसिँया र काठको मुंग्रोले टाउकोमा प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको केही बेरमै मृत्यु भएको थियो। त्यस्तै छोराको कुटपिट बाट ४८ वर्षीय आमा दिलमाया विक गम्भीर घाइते भएकी छिन्। आमा दिलमायाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए।
घाइते आमा दिलमायाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। बुवाको हत्या गरेका आरोपी छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्या गरेको भोटबहादुर मानसिक रूपमा बिरामी भएको परिवारले जनाएको छ।
कात्तिक १६, २०८२ आइतबार १२:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।