चाँदीको मूल्य घट्दा सुनको भाउ सात सय बढ्यो

चाँदीको मूल्य घट्दा सुनको भाउ सात सय बढ्यो

काठमाडौं : आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ। शुक्रवार तोलामा २७ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ थियो।

असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो। त्यसयता केही समय सुनको भाउ निरन्तर घटेको थियो। आइतबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ।

कात्तिक १६, २०८२ आइतबार ११:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।