बेलायतमा चल्दै गरेको ट्रेनमा चक्कु प्रहार, नौ जना गम्भीर घाइते
एजेन्सी : बेलायतको क्याम्ब्रिजशरमा चल्दै गरेको एक ट्रेनभित्र भएको चक्कु प्रहारको घटनामा ९ जना गम्भीर घाइते भएका छन्।
ब्रिटिस यातायात प्रहरीले दिएको जानकारी अनुसार, घटनामा घाइते भएका १० जनालाई अस्पताल भर्ना गरिएको छ, जसमध्ये ९ जनाको अवस्था चिन्ताजनक छ।
प्रहरीले यसलाई ‘ठूलो घटना’को संज्ञा दिएको छ र घटनाको अनुसन्धानमा आतंकवाद-विरोधी अधिकारीहरू पनि खटिएका छन्।
यो घटना डनकास्टरबाट किङ्ग्स क्रस जाँदै गरेको ट्रेनमा भएको थियो। ब्रिटिस यातायात प्रहरीका प्रमुख सुपरिटेन्डेन्ट क्रिस केसीले यसलाई ‘एक स्तब्ध पार्ने घटना’ भनेका छन्।
उनले भने, ‘अहिले नै घटना के कारणले भयो भनेर बताउनु हतार हुनेछ।’
केसीका अनुसार, घटनापछि सो क्षेत्रको रेल सेवा बन्द गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सडकहरू पनि बन्द रहनेछन्।
कात्तिक १६, २०८२ आइतबार १०:०३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।