तान्जानियाको राष्ट्रपतिमा पुनः निर्वाचित भइन् सामिया

तान्जानियाको राष्ट्रपतिमा पुनः निर्वाचित भइन् सामिया

एजेन्सी : तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा राष्ट्रपति सामिया सुलुहु हसन बिजय भएकी छन्। 

तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गरेकी छन्। 

निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए। यीमध्ये ९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।

विगतमा चुनावको पारदर्शिताको विरोधमा देशका धेरै भागमा हिंसा भएको थियो। सयौं मानिस मारिएका छन् भने सयौं घाइते भएका छन्।

देशभरि इन्टरनेट काटिएको छ। इन्टरनेट नहुँदा मृत्यु हुनेको वास्तविक सङ्ख्या पुष्टि गर्न पनि कठिन भएको छ।

निर्वाचन परिणमपछि सरकारले हिंसाको मात्रालाई कम गर्न खोजेको र स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाएको छ।

कात्तिक १५, २०८२ शनिबार २१:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।