आइसीसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार ब्यहोरेको छ। शनिबार दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो।
पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी रहँदा २ सय ७१ रनमा अलआउट भयो। जवाफमा अमेरिकाले ४८.४ ओभरमै लक्ष्य भेट्दै जीत हात पार्यो।
अमेरिका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले चौथो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै टोलीलाई जितको बाटो देखाए। मुक्कमल्लले १ सय १ बलमा ७५ रन बनाए भने मिलिन्दले ६६ बलमा ७० रनको योगदान दिए। सयान जहानजिरले ३६ रन र कप्तान मोनांक पटेलले २१ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुल्सन झाले समान एक–एक विकेट झारे।
अब नेपालले सिरिजको चौथो खेल बुधबार युएईविरुद्ध खेल्नेछ।
कात्तिक १५, २०८२ शनिबार १९:२३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।