नेपालले अमेरिकालाई दियो २ सय ७२ रनको लक्ष्य
काठमाडौं : दुबईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन जोडेको हो
नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले। ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे। ऐरीले ४३ बलमा अर्धसतक पूरा गरेका थिए।
त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नंबरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए। उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए। अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए। सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए।
जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो। नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।
कात्तिक १५, २०८२ शनिबार १५:२६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।