रामेछापमा निर्माणाधीन स्तुपाबाट लडेर मजदुरको मृत्यु
रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका-४ मा निर्माणाधीन स्तुपाको भवनबाट लडेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।
प्रहरीका अनुसार, तामाङ बुधबार राति करिब साढे ९ बजे गलाम माने डाँडामा निर्माणाधीन दुईतले स्तुपा भवनको भर्याङबाट लडेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि तत्काल दोलखाको जिरी अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा बिहीबार बिहान (राति १२:४० बजे) उनको मृत्यु भएको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ। तामाङ सोही स्तुपामा कामदारको रूपमा कार्यरत थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय, उमाकुण्डबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शवको कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ८, २०८२ शनिबार ११:००:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।