जेन-जी आन्दोलनका शहीद परिवारलाई साढे दुई लाख राहत दिने मधेश सरकारको निर्णय

जेन-जी आन्दोलनका शहीद परिवारलाई साढे दुई लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुर : मधेश प्रदेश सरकारले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रदेशका सहिद परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, आज बसेको मन्त्रिपरिषद् बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो।

बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारको प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुर्याउने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्नेमा जोड दिएको छ।

बैठकले जेन-जी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानको दायराभित्रैबाट खोजिनुपर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले जानकारी दिए।

यसैगरी, मन्त्रिपरिषद् बैठकले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुर्याउने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्नेमा जोड दिएको छ।

बैठकले जेनजी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानको दायराभित्रैबाट खोजिनुपर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले जानकारी दिए।

असोज ३, २०८२ शुक्रबार २०:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।