काठमाडौं र धादिङमा ११ र १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ
काठमाडौं : दुई छुट्टाछुट्टै जिल्लामा ११ र १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं र धादिङमा भएका यी घटनामा संलग्न आरोपीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप घर भई सोही स्थानमा बस्दै आएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार पक्राउ गरिएको हो।
पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३२ वर्षीय जगत कोइराला पक्राउ परेका छन्।
पीडितले दिएको उजुरीपछि इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो।
दुवै घटनामा पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
असोज ३, २०८२ शुक्रबार १५:५२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।