जंगीअड्डा बाहिर ‘जेनजी’ आन्दोलनकारीबीच हानाहान
काठमाडौं : जंगीअड्डाबाहिर ‘जेनजी’ आन्दोलनकारीबीच झडप भएको छ।
प्रधानमन्त्री चयनको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई समूहबीच विवाद बढ्दै जाँदा झडपमा परिणत भएको हो। हर्क साम्पाङ र सुशीला कार्कीको पक्षधर युवाहरूबीच कुटाकुट भएको हो।
सुरक्षास्थितिलाई मध्यनजर गर्दै काठमाडौँमा दिउँसोदेखि निषेधाज्ञा जारी गरिएको छ। तर निषेधाज्ञाकै बीच विभिन्न समूहहरूले प्रदर्शन जारी राखेका छन्।
भदौ २६, २०८२ बिहीबार १५:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।