जेनजी आन्दोलनमा खोसिएका हतियार बुझाउन प्रहरीको अपील

जेनजी आन्दोलनमा खोसिएका हतियार बुझाउन प्रहरीको अपील

काठमाडौं : नेपाल प्रहरीले हालैका प्रदर्शनका क्रममा लुटपाट वा नियन्त्रणमा परेका सुरक्षा निकायका सामग्री फिर्ता गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै भदौ २३ देखि २५ गतेसम्मको प्रदर्शनमा प्रहरीले प्रयोग गर्ने हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाबलगायतका भौतिक सामग्री हराएको वा नियन्त्रणमा परेको भए तत्काल फिर्ता बुझाउन अनुरोध गरेको हो ।

यसका लागि नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा अन्य सुरक्षा निकायको कार्यालयमा बुझाउन सकिनेछ । साथै, प्रहरी कन्ट्रोल नम्बर १००, टोल–फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न पनि सकिने बताइएको छ ।

प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोशाक दुरुपयोग नगर्न आग्रह गर्दै यससम्बन्धी कुनै पनि सूचना भए उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

भदौ २६, २०८२ बिहीबार १४:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।