विभिन्न दलका भातृ संगठनहरू सडकमा, संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग
काठमाडौं : विभिन्न दलका भातृ संगठनहरूले संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
बबरमहल अगाडि भेला भएका उनीहरूले “राष्ट्रपतिलाई सार्वजनिक गर, संविधानको रक्षा गर, लोकतन्त्र जिन्दावाद” भन्ने नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
रिमालले हालको अनिश्चित परिस्थितिमा राष्ट्रपतिको भूमिकाबारे जनतामा शंका पैदा भएको भन्दै तत्काल जनतामाझ देखाउनुपर्ने माग गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने बताएका छन्। उनीहरूले संविधान र लोकतन्त्रको संरक्षणका लागि राजनीतिक दल र राज्यका अंगहरू जिम्मेवार भएर अघि बढ्नुपर्ने आग्रह पनि गरे ।
भदौ २६, २०८२ बिहीबार १३:१३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।