अन्यायमा परेको न्यायालय (तस्विरहरू)

अन्यायमा परेको न्यायालय (तस्विरहरू)

काठमाडौं : सधैं कालो कोट लगाएका कानुन व्यवसायीले भरिभराउ देखिने सर्वोच्च अदालत परिसरमा आज सन्नाटा छ। सर्वोच्च आज खरानी रङ्गले पोतिए झै देखिएको छ। न्याय दिने न्यायालय आज आफै अन्यायमा परे झै देखिएको छ। 

‘जेनजी’ आन्दोलनपछि सर्वोच्च अदालतमा गरिएको आगजनीले नेपालको सर्वोच्च न्यायालय नै ध्वस्त अवस्था छ। मंगलबार प्रदर्शनकारीहरूले सर्वोच्च अदालतका सबै तलामा पुग्ने गरि आगो लगाए।  

डाटासेन्टरमा समेत क्षति पुगेपछि अहिले अदालतको वेबसाइट समेत ‘डाउन’ छ। सफ्टवेयरमार्फत मुद्दा अघि बढाउन नसक्ने अवस्था छ। 

आधिकारिक रूपमा २००९ साल वैशाखबाट न्यायिक काम थालेको सर्वोच्चले अदालतले अबको केही काम गर्न सक्नेछैन। अहिले सर्वोच्च अदालतको भवनमा बाँकी भएका महत्वपूर्ण फाइलहरू न्याय परिषद्को भवनमा सार्ने काम भइरहेको छ।

फाइल सार्ने कार्यमा अधिवक्ता, सर्वोच्च अदालतका कर्मचारी र बार एसोसिएसनका प्रतिनिधिहरू संलग्न छन्। सोमबार र मंगलबारको ‘जेनजी’ प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा भवनको संरचना र सामग्रीमा गम्भीर क्षति पुगेको थियो।

प्रशासनिक र कानुनी कामकाज प्रभावित हुन नदिन फाइलहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

भदौ २५, २०८२ बुधबार १५:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।