भ्रष्टाचारको अभियोग लागेका अध्यक्षलाई 'सिनो' भनेको भन्दै झाँक्रीलाई सोधियो स्पष्टीकरण
                    
                    
                    
                    काठमाडौं : भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट धरौटीमा छुटेका पार्टीका अध्यक्ष माधव नेपाललाई सिनो भनेको भन्दै एकीकृत समाजवादीले पार्टी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। बुधवार तीन दिनभित्र जवाफ पठाउने गरी उनलाई स्पष्टीकरण सोधिएको हो।
शनिवार बुटवलमा झाँक्रीले पार्टीको एक कार्यक्रममा अर्ली महाधिवेशन वा मनोनीत गरेर पार्टी नेतृत्व बदल्नु पर्ने भन्दै 'सिनो बोकेर धेरै दिन हिँड्न नसक्ने' बताएकी थिइन्। लगत्तै पार्टीले विज्ञप्ति निकालेर पतञ्जलि जग्गा प्रकरणमा जोडिएका अध्यक्ष नेपालबारे सार्वजनिक रूपमा वादविवाद नगर्न निर्देशन दिएको थियो। बुधवार स्पष्टीकरण नै सोधेको छ।
एमालेबाट अलग्गिएर नयाँ पार्टी गठन गर्दा झाँक्री नेपालको सबैभन्दा निकट सहयोगी थिइन्। तर पछिल्लो समय भने झाँक्री र नेपालको दुरी बढ्दै गएको थियो।
असार १८, २०८२ बुधबार १५:३२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।