सोमबार २३ चैत, २०८२
५.९ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म
काठमाडौं : नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ।
तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए।
भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ। २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो।
आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो।
गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो।
फागुन २४, २०८१ शनिबार १५:३५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।