जय ट्रफीमा मधेशविरुद्ध आर्मीको उच्च योगफल
                    
                    
                    
                    काठमाडौं : जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेटमा मधेश प्रदेशविरुद्ध पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लबले २२५ रन बनाएको छ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा आर्मीले ५९.३ ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको हो।
अन्तिम ३ बल बाँकी रहँदा आर्मीले इनिङ्स डिक्लेर गरेको हो।
आर्मीका लागि भीम सार्की र बसिर अहमदले अर्धशतकीय पारी खेले। भीमले ९३ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाउँदा बसिरले ९८ बलमा ७ चौका प्रहार गर्दै ६७ रनको योगदान गरे।
ओपनर इमरान शेखले ४२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन्।
मधेशका लागि रञ्जित कुमारले ५ विकेट लिए। उनले १६.३ ओभरमा ४४ रन खर्चिए। सो क्रममा उनले ३ मेडन फाले।
प्रदिप पासवानले २ तथा हरिशंकर साह र अभिषेक तिवारीले १ विकेट लिए।
अहिले मधेशले ब्याटिङ गरिरहेको छ।
पुष २७, २०८१ शनिबार १४:१७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।