रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ।
बैठक शुक्रबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ।
हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन्।
पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।
पुष १२, २०८१ शुक्रबार ०९:०९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।