मंगलबार २६ फागुन, २०८२
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं : साताको तेस्रो दिन मंगलबार आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।
सोमबारको तुलनामा मंगलबार सुन स्थिर रहँदा चाँदीमा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार सुन तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलाको एक हजार आठ सय पाँच रुपैयाँ थियो।
पुष ९, २०८१ मंगलबार ११:३६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।