मंगलबार ०१ बैशाख, २०८३
एमाले सचिवालय बैठक बस्दै
फाइल तस्बिर
काठमाडौं : सत्तारुढ दल एमालेको सचिवालय बैठक आज बस्दैछ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको छ।
बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।
भदौ १८ र १९ गते बसेको पोलिटब्यूरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो।
आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो।
भदौ २८, २०८१ शुक्रबार ०७:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।