मंगलबार ०८ पुस, २०८२
नेपाल ‘ए’ र क्यानडा ११ बीचको दोस्रो एक दिवसीय सिरिज आज
काठमाडौं : नेपाल भ्रमणमा रहेको क्यानडाको राष्ट्रिय टोली र नेपाल ‘ए’बीच आज दोस्रो एक दिवसीय खेल हुँदैछ।
खेल विहान मुलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
यसअघि आइतबार भएको पहिलो एकदिवसीय खेलमा नेपाल ४ विकेटले पराजित भएसँगै सिरिजमा नेपाल ‘ए’ १-० ले पछि छ।
नेपाल ‘ए’ आजको खेल जितेर सिरिजलाई बराबरी बनाउने दाउमा हुँदा क्यानडा ११ एक खेलअगावै खेल जित्ने योजनामा छ।
मुलपानी मैदानमा हुने खेलमा क्यानले फ्रि इन्ट्रीको व्यवस्था मिलाएको छ।
फागुन ८, २०८० मंगलबार ०७:३९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।