अयोध्यामा मोदीले राममन्दिरको प्राण प्रतिष्ठा गर्दा राहुल गान्धीलाई असमको मन्दिर प्रवेशमा रोक
एजेन्सी : कांग्रेस नेता राहुल गान्धीलाई आसामको बटाद्रवा थान मन्दिर जान रोकिएको छ। राहुल गान्धी भारत जोडो न्याय यात्रामा छन् र यो यात्रा हाल असममा छ।
कांग्रेस नेता राहुल गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिर जान लागेकोमा उनलाई बाटोमै प्रहरीले रोकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
सार्वजनिक भएको घटनाको एक भिडियोमा राहुल गान्धीले कारबाट निस्केर प्रहरीलाई किन रोकिएको भनेर सोध्छन्।
घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी मन्दिर जान खोजिरहेका छौँ। हामीलाई बोलाइएको थियो र अब हामीलाई जान दिइएन। हामी जबरजस्ती गर्दैनौँ।’
राहुल गान्धीले पछि थपे, ‘लाग्छ आज एक मात्र व्यक्ति (प्रधानमन्त्री नरेन्द्र मोदी) मन्दिर जानसक्छ।’
आज अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम हुँदैछ। यो कार्यक्रम भारतीय अनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा सुरू हुनेछ।
यस कार्यक्रमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् र एक दिनपछि मन्दिर सर्वसाधारणका लागि खोलिनेछ।
माघ ८, २०८० सोमबार १२:१८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।