अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जित्यो, पहिले ब्याटिङ गर्ने
                    
                    
                    
                    काठमाडौं : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
इडेन गार्डेन, कोलकातामा दक्षिण अफ्रिकाका कप्तान टेम्बा मभुमाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
आजको विजेताले नोभेम्बर १९ तारिखमा हुने फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ।
भारतले हिजो न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।
कात्तिक ३०, २०८० बिहीबार १४:१३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।