तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य
                    
                    
                    
                    काठमाडौं : हङकङमा जारी चार देश सम्मिलित ‘महिला टी२० क्वाड्र्याङ्गुलर सिरिज’को पहिलो खेलमा तान्जिनियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
हङकङ क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको तान्जानियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनायो।
तान्जानियाका लागि हुडा ओमारीले सर्वाधिक २५ रन बनाइन्।
अइशा मोहम्मद २१, सौम एमतेई १६, फतुमा किबासु ११, मोनिका पासकल १० रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका संगिता राईले दुई, रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक–एक विकेट लिए।
नेपाल, तान्जानिया, जापान र हङकङ सम्मिलित प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ।
नेपालको समूह चरणको दोस्रो खेल भोलि विहान पौने १२ बजे र तेस्रो खेल १८ नोभेम्बरमा जापानविरुद्ध छ।
नेपाल इन्दु बर्माको कप्तानीमा खेलेको यो नै पहिलो खेल हो।
कात्तिक २९, २०८० बुधबार ०८:४९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।