सोमबार ०८ असार, २०८३
आज कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं : आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भदौ २०, २०८० बुधबार ०९:००:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।