स्विट्जरल्यान्ड उडे माधवकुमार नेपाल
                    
                    
                    
                    काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।
प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्यान्ड लगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको निजी सचिव मोहन गौतमले जानकारी दिए। अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले सम्हाल्ने जनाइएको छ।
साउन २२, २०८० सोमबार १२:२५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।