जंगली च्याउ खाँदा तीन बालकसहित एकै परिवारका पाँच जना सिकिस्त
बैतडी : जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना सिकिस्त बिरामी भएका छन्।
बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, ५ वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन्।
स्थानीय जंगलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेलधुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ।
साउन ५, २०८० शुक्रबार १४:४८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।