सुन तस्करी प्रकरणमा कांग्रेस सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा
काठमाडौं : क्विन्टल सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनील शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन्।
सिंहदरबारमा शुक्रबार बसेको संसद्को कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले यस प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
उनले अर्थमन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट सुन पास भएको भन्दै राजीनामा माग गरेका हुन्।
‘राजस्व विभाग अर्थमन्त्रालय अन्तर्गत पर्छ। सुरक्षा गृहमन्त्रालय मातहत । दुवै निकायले थाहा नपाई सुन आउने कुरा हुँदैन। प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो। यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ,’ उनले भने।
साउन ५, २०८० शुक्रबार १३:५०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।