शंकर कँडेल मृत्यु प्रकरण : अनमोल फिड्सका चार्टर एकाउन्टेन्ट रावल पक्राउ

शंकर कँडेल मृत्यु प्रकरण : अनमोल फिड्सका चार्टर एकाउन्टेन्ट रावल पक्राउ

चितवन : व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनमा जोडिएका दुईमध्ये अनमोल फिड्सका चार्टर एकाउन्टेन्ट जीवन रावल पक्राउ परेका छन्। 

रावल बाराको सिमरामा पक्राउ परेका हुन्। उनलाई बिहीबार बेलुका नै चितवन ल्याइएको छ।

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र अर्का पोल्ट्री व्यवसायी प्रदीप रुंगटाले मानसिक तनाव दिएकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए। 

आर्थिक समस्या परेपछि रुंगटाले कँडेलको कम्पनीको ८५५ सेयर किने पनि विभिन्न बहाना बनाएर करिब २० करोड बढी रकम दिएका थिएनन्। चार्टर एकाउन्टेन्ट रावलले पनि उनै रुंगटालाई साथ दिएका थिए।

यी दुवैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको सुसाइड नोट फेला परेपछि जाहेरी लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो।

कँडेलले आफ्नै कार्यालयमा आत्महत्या गरेपछि कारबाहीका लागि चितवनका पोल्ट्री व्यवसायीले निरन्तर दबाबमूलक कार्यक्रम सन्चालन गरिरहेका छन्।

रुंगटा भने पक्राउ परेका छैनन्। उनी पनि पोल्ट्री व्यवसायी नै हुन्।

वैशाख २२, २०८० शुक्रबार ११:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।