प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। 

दिउँसो १ बजे नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बस्ने बैठकमा ​​​​​​​तीनवटा विधेयक पेस गरिने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७, भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पेस गरिने संसद सचिवालयले जनाएको छ।

वैशाख ३, २०८० आइतबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।